रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली पनि खटाउने
१२ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
अष्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहायता उपलब्ध गराउने जनाएको हो ।
अष्ट्रेलियाली सरकारका अनुसार बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको छ । उनीहरूको अवस्था यकिन गर्न तथा प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराउन अष्ट्रेलियाली अधिकारीहरू सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ ।
अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागले प्रभावित अष्ट्रेलियाली नागरिकलाई सहयोग गर्न थप कर्मचारी परिचालन गरेको छ । नेपालस्थित अष्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिकार्य टोली (क्राइसिस रेस्पोन्स टिम) का एक सदस्य र क्षेत्रीय कन्सुलर अधिकारी काठमाडौंमा परिचालन गरिएको छ । थप क्षेत्रीय तथा संकट प्रतिकार्य टोलीका कर्मचारीलाई पनि परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ ।
अष्ट्रेलियाले आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको प्रारम्भिक टोली नेपाल पठाउने जनाको छ । उनीहरूले काठमाडौंमा रहेका अष्ट्रेलियाली कर्मचारीसँग समन्वय गर्दै मानवीय अवस्थाको मूल्यांकन, व्यवस्थापन, सञ्चार तथा राहत योजनामा सहयोग गर्नेछन् ।
अष्ट्रेलियाको ‘अष्ट्रेलिया असिस्ट्स’ कार्यक्रमअन्तर्गत परिचालन हुने टोलीमा मानवीय सहायता तथा विपद् व्यवस्थापनसम्बन्धी विशेषज्ञहरू रहनेछन् ।
कुन क्षेत्रमा खर्च हुनेछ सहायता ?
अष्ट्रेलियाले घोषणा गरेको ५० लाख डलर सहायता स्थापित साझेदार संस्थामार्फत खाद्यान्न, आपत्कालीन आश्रय, स्वच्छ खानेपानी तथा सरसफाइ लगायतका अत्यावश्यक सेवामा खर्च गरिने जनाएको छ ।
सहायतामध्ये २० लाख डलर विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) लाई उपलब्ध गराइनेछ । डब्ल्युएफपीले नेपालमा आपत्कालीन राहतका लागि खाद्यान्न तथा लजिस्टिक सहयोग सुरु गरिसकेको अष्ट्रेलियाले जनाएको छ ।
२० लाख डलर अष्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिपमार्फत अष्ट्रेलियाली गैरसरकारी संस्थालाई उपलब्ध गराइनेछ । यसबाट आपत्कालीन आश्रय, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य उपचार तथा मनोसामाजिक सहयोग प्रदान गरिनेछ ।
१० लाख डलर इमर्जेन्सी एक्सन एलायन्समार्फत स्थानीय नेतृत्वमा हुने पुनःस्थापना तथा पुनर्निर्माणका काममा खर्च गरिनेछ ।
सडक तथा पुलहरू क्षतिग्रस्त भएकाले धेरै समुदाय अझै बाहिरी सम्पर्कबाट अलग रहेको र त्यहाँ पुग्न कठिनाइ भइरहेको भन्दै अष्ट्रेलियाले तत्काल मानवीय सहायता आवश्यक रहेको जनाएको छ ।
“साभार : अनलाइनखबर”
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया