Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठमुख्य समाचारफागुन २१  काे चुनावमा  सेना परिचालन गर्न स्वीकृति

फागुन २१  काे चुनावमा  सेना परिचालन गर्न स्वीकृति


काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति प्रकाशित गर्दै सरकारलाई चुनावी प्रयोजनका लागि सेना परिचालन गर्न अनुमति दिएको जानकारी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८२/०८/०८ गतेको निर्णयअनुसार संवत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नु भएको छ।’



तपाईको प्रतिक्रिया