६ अंकले बढ्यो नेप्से‚ कति भयो कारोबार ?
काठमाडौँ। साताको चौथो कारोबार दिन आज ९बुधबार० ५.७० अंकले बढेको छ। ०.२१ प्रतिशतले बढेको नेप्से २६२५.७० विन्दुमा पुगेको छ। साथै सेन्सिटिभ इन्डेक्स पनि १.१८ अंकले बढेर ४५१.८६ विन्दुमा रोकिएको छ।
आइतबार १२.५० अंकले घटेको नेप्से सोमबार ६.७४ अंकले बढेको थियो। मंगलबार पनि नेप्से १८.३७ अंकले बढेको थियो। आज ३३२ कम्पनीको ५८ हजार ९६ पटकको कारोबारमा ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच भए। जसमा आज चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ रुपैयाँको कारोबार भयो।
नेप्सेमा आज होटेल तथा पर्यटन‚ निर्जीवन बिमा र व्यापार समूहको सूचक घट्दा बाँकी १० वटै समूहका सूचक बढे। नेप्सेमा आज १४३ कम्पनीको मूल्य बढ्यो‚ १०४ वटाको घट्यो भने ११ को स्थिर रह्यो।
आज पनि स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिडेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। जसको अन्तिम कारोबार मूल्य २८१६ रुपैयाँ रह्यो। स्वस्तिकको सेयर मूल्यमा यो साता लगातार सकारात्मक सर्किट लागिरहेको छ अर्थात् १० प्रतिशतले बढेको छ। यस्तै बाराही हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घट्यो। बाराहीको अन्तिम कारोबार मूल्य ५६० रुपैयाँ रह्यो।
आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको सेयरको कारोबार भयो। आज यस कम्पनीको २२ करोड ७५ लाख ५० हजार ८४४ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ५०५ रुपैयाँ कायम रह्यो।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया