Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठसमाचारमाइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ


काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सो क्रममा माइतीघर मण्डलाबाट ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार (पुस ७) प्रदर्शनमा उत्रिएका जेनजी अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मिराज ढुंगाना, रविकिरण हमाल, अजय सोडारीलगायत जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरीको गाडीमा राखिएको छ ।

मिराज, डा. निकोलस भुसाललगायत जेनजीलाई प्रहरीले यसअघि पनि नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रहरीले लैजान खोजेको थियो । तर, उनीहरूले प्रहरीको गाडीमा बस्न मानेनन् । भीडले नाराबाजी गर्‍यो । त्यसपछि प्रहरीले उनीहरूलाई तत्कालै छाडेको थियो । पुनः उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

मिराज ढुंगानासहितका युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् ।

उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।

 

 



तपाईको प्रतिक्रिया