Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Thursday, March 5, 2026
गृहपृष्ठराजनीतिनेपाललाई युक्रेन बनाउने षड्यन्त्र भइरहेको झलनाथको चिन्ता, सबै कम्युनिस्ट एक हुन् आह्वान

नेपाललाई युक्रेन बनाउने षड्यन्त्र भइरहेको झलनाथको चिन्ता, सबै कम्युनिस्ट एक हुन् आह्वान


काठमाडौँ ।  पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई वैदेशिक शक्तिहरूले युक्रेन बनाउन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश दिँदै खनालले जेन्जी आन्दोलनका नाममा देशलाई महाविपत्तिको अवस्थामा लगिएको र यसमा पश्चिमा शक्ति अनि नेपालभित्रका उनीहरुका मान्छे संलग्न रहेको आरोप लगाएका छन् । सोही कारण उनले मुलुक बहुआयामिक संकटमा फसेको र यसबाट बाहिर निस्कन वामपन्थी तथा देशभक्त सक्तीहरूबिचको बृहत्तर एकता अनिवार्य रहेको बताए ।

खनालले भनेका छन्–अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरु र देशभित्रका उनीहरुका दलालहरु नेपाललाई युक्रेन बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरु नेपाली जनतालाई सबै नेताका विरुद्ध,नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरुको विरुद्ध,देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र बिध्वंशतिर लान खोज्दैछन् ।



तपाईको प्रतिक्रिया