कांग्रेसको विशेष महाधिवेशनका लागि भृकुटीमण्डमा हल ‘बुकिङ’
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको लागि भन्दै हल बुकिङ गरिएको छ । विशेष महाधिवेशन पक्षधर नेताहरुले बुधबार भृकुटीमण्डपमा पुगेर हल बुकिङ गरेका हुन् ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुकिङ गरिसकेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिएका छन् ।
उनका अनुसार, नियमित महाधिवेशन निर्धारित समयमा हुन नसकेपछि विधानअनुसार विशेष महाधिवेशनको बाटो रोज्न बाध्य भएको उनीहरूको दाबी छ ।
गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भइसकेको थियो ।
कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । यसअघि दुवै पक्षबीच पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने सहमति भए पनि त्यो कार्यान्वयन हुन सकेन ।
यसैबीच, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनकै पक्षमा उभिएका छन् । उनीहरूले संयुक्त विज्ञप्तिमार्फत विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन् ।
महामन्त्री थापाले यसअघि नै पुस मसान्तभित्र महाधिवेशन गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत आह्वान गरिसकेका छन् । उता, सभापति शेरबहादुर देउवा भने विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने र विभाजनको जोखिम बढाउने तर्क गर्दै त्यसको विपक्षमा छन् ।
विशेष महाधिवेशन रोक्ने रणनीतिका लागि देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल सुरु गरेका छन् । सोही क्रममा उनले बिहीबार बिहान महाराजगञ्जस्थित निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग संवाद गरेका छन् ।
स्रोतका अनुसार देउवाले विशेष महाधिवेशन पक्षधरहरूको गतिविधि–हल खोज्ने, विधानसम्बन्धी तयारी गर्ने लगायतका काम तीव्र भएपछि त्यसलाई कसरी रोक्ने भन्ने विषयमा ‘काउन्टर मुभ’ बारे परामर्श गरेका हुन् । यसरी, एकातिर विशेष महाधिवेशनको तयारी औपचारिक चरणमा प्रवेश गरिरहेको छ भने अर्कोतिर पार्टी नेतृत्व त्यसलाई रोक्न सक्रिय देखिएको छ । कांग्रेसभित्रको यो शक्ति संघर्षले आगामी दिनमा पार्टीको दिशा र एकतामाथि गहिरो प्रभाव पार्ने देखिएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया