Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठसमाचारटोटी खोलामा पक्की पुल निर्माण थालियो

टोटी खोलामा पक्की पुल निर्माण थालियो


कञ्चनपुर।   शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।

शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट तीन करोड ४८ लाख जुटाइएको बताएका छन् ।

निर्माण कम्पनीसँग दुई करोड ९८ लाखमा सम्झौता भएको जानकारी उनले दिए ।



तपाईको प्रतिक्रिया