काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको निर्देशिका मन्त्रीस्तरबाट २०८२ मङ्सिर १४ गते स्वीकृत भएको हो ।
निर्देशिका कार्यान्वयनले जलवायु परिवर्तन र नयाँ सङ्क्रामक रोगको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यस्तै, आधुनिक ‘डिजिटल’ प्रणालीमार्फत तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने, सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र जिम्मेवारी बाँडफाँड गरी तीन तहबीच समन्वय गर्ने पनि निर्देशिकामा भनिएको छ । जोखिमका आधारमा तत्काल ‘रेस्पोन्स’ टोली परिचालन गरिने जनाइएको छ ।


तपाईको प्रतिक्रिया