नेकपा अध्यक्ष ‘प्रचण्ड’ आज नयाँदिल्ली जाँदै
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्ड आइतबार साँझ दिल्ली उड्ने कार्यक्रम रहेको छ ।
जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेकपा गठन गरेपछि प्रचण्ड पहिलो पटक दिल्ली यात्रामा निस्किन लागेका हुन् ।
प्रचण्डले दिल्लीमा नेकपा निकट प्रवासी संगठनको एकता सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड सन्देश सभालाई सम्बोधन गरे लगत्तै सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
नेपाली समाज भारतका महासचिव आरबी खड़काका अनुसार प्रचण्डले सोमबार दिउँसो १ बजे लाजपत भवन अडिटोरियममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
फागुन २१ गते हुन लागेको चुनाव अगाडि प्रचण्डको दिल्ली यात्रालाई कतिपयले चासोका साथ हेरेका छन् । दिल्ली बसाइका क्रममा उनका थप कार्यक्रम भने सार्वजनिक भने भएका छैनन् । प्रचण्डको सचिवालयले पनि दिल्लीमा सन्देश सभालाई सम्बोधन गर्ने बाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम नरहेको जनाएको छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया