दिल्ली उड्नु अघि प्रचण्डले गरे ओलीसँग आधा घण्टा भेटवार्ता
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ । दुई नेताबिच च्यासल स्थित एक घरमा करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो ।
प्रचण्ड आइतबार साँझ भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका बेला उक्त भेट भएको हो । प्रचण्डका प्रेस संयोजक तथा प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक अवस्था, चुनावी वातावरण र दलहरूबीचको सम्भावित सहकार्यका विषयमा कुराकानी भएको थियो ।
दुई नेताबीच शनिबार बिहानै भेट गर्ने कार्यक्रम तय भए पनि प्रचण्ड पूर्वी नेपालको संखुवासभाबाट काठमाडौं फर्कने क्रममा विमान ढिलाइ भएपछि भेट आइतबारका लागि सरेको थियो । राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गर्दा दलहरूबीच राजनीतिक संवाद र तालमेलको प्रयास तीव्र भइरहेको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
भेटवार्तामा राष्ट्रिय सभा निर्वाचनसँगै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दलहरूबीच सहकार्यको सम्भावना, साथै सरकारले चुनावको अनुकूल वातावरण बनाउन नसकेको विषयमा समीक्षा भएको स्रोतले जनाएको छ ।
फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेलका लागि नेताहरूबिच अनौपचारिक कुराकानी हुँदै आएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया