Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठसमाचारजंगली हात्तीबाट पीडितलाई एक करोड ३७ लाख रुपैयाँ राहत

जंगली हात्तीबाट पीडितलाई एक करोड ३७ लाख रुपैयाँ राहत


झापा । झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई एक करोड ३७ लाख रुपैयाँ बढी राहत उपलब्ध गराइएको छ ।

जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई एक करोड ३७ लाख ३८ हजार ६४ रुपैयाँ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिए । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन्, भने एउटा हात्ती मृत फेला परेको उनले बताए ।

हात्तीको आक्रमणबाट सख्त खाइते दुई जनालाई चार लाख रुपैयाँ, मृतक चार जनाको परिवारलाई ४० लाख रुपैयाँ, १० वटा पशुधन क्षतिवापत एक लाख रुपैयाँ, एक सय ८४ परिवारले भण्डार गरेको अन्नमा क्षति भएबापत १४ लाख ५३ हजार सात सय ६४ रुपैयाँ, दुई सय ३५ वटा घरगोठमा क्षति भएबापत ३७ लाख २२ हजार तीन सय रुपैयाँ र चार सय ४८ किसानको अन्नबालीमा क्षति पु¥याएबापत ४० लाख ६२ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

राहत उपलब्ध गराइएकामध्ये गत आर्थिक वर्ष २०८१–८२ का सात सय दुई जना छन् भने चालु आवमा हात्तीबाट पीडित बनेका एक सय ८१ जनालाई राहत प्रदान गरिएको हो थप ११ परिवारलाई २१ लाख रुपैयाँ राहतका लागि सिफारिस गरिएको छ । केही दिनमै उनीहरुलाई समेत राहत रकम उपलब्ध गराइने पाठकले बताए ।



तपाईको प्रतिक्रिया