केपी ओलीको लिखित बयान सार्वजनिक, छानबिन र आन्दोलनबारे ६ दाबी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई दिएको लिखित बयानका मुख्य ६ बुँदा सार्वजनिक गरिएका छन् ।
एमालेका सचिव महेश बस्नेतले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत ती बुँदा सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आन्दोलनका क्रममा सरकार र सुरक्षा निकायले लिएको भूमिकाबारे ओलीको स्पष्ट धारणा प्रस्तुत गरेका हुन्।
ओलीका अनुसार २२ भदौको बेलुका बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको थियो।
उनले आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको दाबी गरेका छन्। साथै आन्दोलनमा सहभागी अधिकांश व्यक्ति ‘जेन–जी’ नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले स्पष्ट देखाउने उल्लेख गरेका छन्।
२३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको ओलीको भनाइ छ। २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको पनि उनले बयानमा उल्लेख गरेका छन्।
त्यस्तै, गौरीबहादुर कार्कीले घटनाकै दिन तथा त्यसअघि–पछि सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेको भन्दै निष्पक्ष प्रतिवेदन आउनेमा आशंका ओलीले आयोगलाई दिएको लिखित बयानमा व्यक्त गरेका छन्। ७६ जनाको ज्यान जाने गरी भएको जेनजी आन्दोलनका बेला केपी ओली प्रधानमन्त्री थिए।
त्यस क्रममा भएका घटना छानबिनका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको हो।
बयान लिन गत आइतबार आफ्नै निवास भक्तपुरस्थित गुण्डुमा आएको आयोगको टोलीलाई तत्कालीन प्रधानमन्त्री ओलीले लिखित बयान दिएका थिए ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया