Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठराजनीतिरास्वपामा सक्रिय मन्त्रीहरूलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

रास्वपामा सक्रिय मन्त्रीहरूलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भई चुनाव तयारीमा लागेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कार्कीले अनौपचारिक छलफल गर्दै, दलीय गतिविधिमा संलग्न मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई सहयोग गर्नुपर्ने बताएकी हुन्।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सार्वजनिकरूपमा उठेका प्रश्न र सरकारको गैरदलीय स्थिति बुझ्दै यस्तो आग्रह गरिएको थियो।

हाल ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता रास्वपाको गतिविधिमा संलग्न रहेका छन् भने सञ्चारमन्त्री जगदीश खरेलले चुनाव लड्ने चाहना व्यक्त गर्दै रवि, बालेन र कुलमानको एकतालाई समर्थन गरेका थिए।



तपाईको प्रतिक्रिया