Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिकांग्रेस मुख्यालयमा हंगामा, नेताहरूले गरे अलग ढोकाबाट प्रवेश

कांग्रेस मुख्यालयमा हंगामा, नेताहरूले गरे अलग ढोकाबाट प्रवेश


काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् ।

कार्यसम्पादन समिति बैठकका लागि पुगेका नेताहरूलाई भित्र प्रवेश नदिएपछि वैकल्पिक गेटबाट भित्र प्रवेश गरेका थिए ।

उनीहरुले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नारावाजी समेत गरेका छन् । यस क्रममा केही नेतासँग प्रदर्शनरत कार्यकर्ताको बाझाबाझ समेत भएको छ ।

आज बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् । बिहान ११ बजे हुने भनिएको बैठक १ बजेको लागि सरे पनि अहिलेसम्म सुरू हुन सकेको छैन ।



तपाईको प्रतिक्रिया