कोशी प्रदेशमा आज सम्पूर्ण मन्त्री फेरिँदै, यी हुन् नयाँ बन्ने मन्त्री
कोशी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन्। नयाँ मन्त्रीहरूको शपथ ग्रहण मंगलबार साँझ साढे ४ बजे हुनेछ। वर्तमान सरकारका सबै मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन्।
गठबन्धनमा रहेका कांग्रेस र एमालेबीच समझदारीपछि, दुवै दलले आफ्ना वर्तमान मन्त्रीहरू फिर्ता लिएर नयाँ अनुहार नियुक्त गर्ने निर्णय गरेका छन्।
नयाँ नियुक्त हुन लागेका मन्त्रीहरूमा एमालेबाट विदुर लिङथेप, चिन्तन पाठक, इन्द्रमणि पराजुली, रामकुमार महतो मन्त्री बन्नेछन् । लिङ्थेपलाई आर्थिक मामिला तथा योजना, पाठकलाई खानेपानी सिँचाइ तथा ऊर्जा र पराजुलीलाई आन्तरिक मामिला तथा कानुन, महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उमाकान्त गौतमलाई राज्यमन्त्री बनाउने तयारी छ ।
कांग्रेसबााट प्रदीप सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बू, इस्राइल मन्सुरी मन्त्री बन्दैछन् । सुनारलाई भौतिक पुर्वाधार ,पराजुलीलाई पर्यटन वन तथा वातावरण, लिम्बूलाई स्वास्थ्य र मन्सुरीलाई उद्योग कृषि तथा सहकारी बनाउने तयारी छ । शोभा चेम्जोङ राज्यमन्त्री बन्नेछिन् ।
वर्तमान सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सिर्जना राई छन् ।
कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राई, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हांगाम छन् ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार विगतमा भागबण्डामा परेकै मन्त्रालय दुई दलले लिनेछन् ।
नव नियुक्त मन्त्रीहरूलाई आजै शपथको लागि अनौपचारिक जानकारी आएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। अहिलेसम्म औपचारिक जानकारी नआएको भए पनि अनौपचारिक जानकारी भने आएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया