रामकुमारी झाँक्रीसहित राष्ट्रियसभामा एमालेका ६ उम्मेदवार तय
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । १८ सदस्यका लागि हुने निर्वाचनमा एमालेले विभिन्न प्रदेशबाट उम्मेदवार छनोट गरेको हो ।
एमालेले नेतृ रामकुमारी झाँक्रीलाई लुम्बिनी प्रदेशबाट उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, कोशी प्रदेशबाट रोशनी मेचे, बागमतीबाट डा. प्रेमकुमार दङ्गाल, गण्डकीबाट सम्झना देवकोटा, कर्णालीबाट मिनासिंह रखाल र सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी उम्मेदवार चयन भएका छन् ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । यद्यपि, दलहरूबीच सिट बाँडफाँटको अन्तिम सहमति भने अझै हुन सकेको छैन ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच ७–७, ३ र १ सिटको भागबन्डा गर्ने प्रयास भए पनि सहमति जुट्न सकेको छैन । सोही सम्भावित समझदारीका आधारमा एमालेले उम्मेदवार छनोट गरेको बताइएको छ । मधेश प्रदेशका लागि भने एमालेले उम्मेदवार टुंगो लगाइसकेको छैन।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया