सार्वजनिक बहसपछि रास्वपाको बन्द सूचीबाट वली बाहिरिइन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा नाम समावेश भएपछि सार्वजनिक बहसमा आएकी ट्राभलर सिर्जना सिज्जु वलीले अन्ततः आफ्नो नाम फिर्ता लिएकी छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यो निर्णय योजनाबद्ध नभई यात्राकै क्रममा आएको आकस्मिक प्रस्तावका कारण भएको स्पष्ट पारेकी छन् ।
वलीका अनुसार उनी ढोरपाटन, रुकुम पूर्व–पश्चिम, बुर्तिबाङ र चुङ्री बुक्की जस्ता दुर्गम क्षेत्रमा पर्यटन सम्भावनाको अध्ययन गर्दै एकल यात्रा गरिरहेका बेला समानुपातिक सूचीमा राख्ने प्रस्ताव आएको थियो । यात्रामा रहेकै कारण निर्णयका लागि पर्याप्त समय नपाएको र सूची सार्वजनिक भएपछि मात्र यसको गम्भीरता महसुस भएको उनले स्वीकारेकी छन् ।
‘यात्राको थकान र सीमित समयबीच गरिएको निर्णयले मलाई आत्ममन्थन गर्न बाध्य बनायो,’ उनले उल्लेख गरेकी छन् । बन्द सूची सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उठेका प्रश्न, आलोचना र जिज्ञासालाई उनले स्वाभाविक प्रतिक्रिया मानेकी छन् ।
आफ्नो राजनीतिक पृष्ठभूमिबारे उठेका टिप्पणीप्रति प्रष्ट्याउँदै वलीले जीवनका निर्णय सधैं स्वतन्त्र रूपमा लिँदै आएको र परिवारको नाम प्रयोग गरेर अघि बढ्ने सोच कहिल्यै नराखेको बताएकी छन् । वन विज्ञान अध्ययन, एकल यात्रामार्फत दुर्गम क्षेत्रको प्रवद्र्धन र स्थानीय समुदायसँग सहकार्य गर्दै पर्यटन विकासमा योगदान पुर्याउनु नै आफ्नो मूल लक्ष्य भएको उनको भनाइ छ ।
हुम्लाको लिमी उपत्यका, डोल्पाको कागमारा, ढोरपाटनका पाटन, मुन्धुम ट्रेल र सिंजा उपत्यका जस्ता क्षेत्रमा गरेको यात्राले गाउँमै रोजगारी र आशा सिर्जना गर्न सकिने सम्भावना देखाएको वलीको दाबी छ । ‘पर्यटन केवल घुमफिर होइन, ग्रामीण अर्थतन्त्र उठाउने बलियो माध्यम हो,’ उनले उल्लेख गरेकी छन् ।
तत्काल राजनीतिमा प्रवेश गर्ने कुनै योजना नरहेको स्पष्ट पार्दै वलीले भनिन्, ‘म अहिले राजनीतिमा आउँदिन । तर यसको अर्थ म राजनीति बुझ्दिनँ वा भिजन छैन भन्ने होइन।’ समानुपातिक सूचीमार्फत पद ओगट्ने चाहना नरहेको भन्दै उनले आफ्नो नाम औपचारिक रूपमा फिर्ता लिइसकेको जानकारी दिएकी छन् । यात्रामा रहेकाले यसबारे सार्वजनिक जानकारी दिन ढिलाइ भएको पनि उनले स्वीकारेकी छन् ।
भविष्यमा पनि राजनीति बाहिरै रहेर पर्यटन र ग्रामीण विकासका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै वलीले पर्यटनलाई नेपालको अर्थतन्त्र सुदृढ गर्ने दीर्घकालीन आधार का रूपमा अघि बढाउनुपर्ने धारणा दोहोर्याएकी छन् ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया