राष्ट्रपति पौडेलले जाँचबुझ आयोगमा पठाए लिखित जवाफ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा लिखित जवाफ पठाएका छन् । आयोगले एक साता अघि प्रश्नसहित पत्र पठाउँदै घटनाका बारेमा जानकारी मागेको थियो ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार राष्ट्रपति पौडेलबाट प्रश्नहरूको जवाफ प्राप्त भइसकेको छ । आयोगले भदौ २४ गते घटनाक्रम कसरी विकसित भयो र त्यस समयमा राष्ट्रपति कहाँ हुनुहुन्थ्यो लगायतका विषयमा जानकारी मागेको थियो ।
भदौ २४ गते प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी र तोडफोड गरेका थिए । अवस्था नियन्त्रण बाहिर गएपछि नेपाली सेनाले राष्ट्रपति पौडेललाई भैरवनाथ गणमा सुरक्षित रूपमा स्थानान्तरण गरेको थियो । सुरुमा सेनाको ब्यारेकमा सुरक्षित बसेका राष्ट्रपति पछि सरकार गठन प्रक्रियामा सक्रिय भएको बताइएको छ ।
राष्ट्रपति ब्यारेकमा रहँदा नेपाली सेनाले जेनजी लगायत विभिन्न राजनीतिक शक्तिसँग सरकार गठनका विषयमा छलफल थालेको थियो । त्यसपछि राष्ट्रपति कार्यालयले भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही दिन प्रतिनिधिसभा विघटन गरिएको थियो ।
सरकार गठन भएको दोस्रो साता असोज ९ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकेर बयान लिएको थियो । बयान सकिएपछि उनीहरूको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ ।
आयोगले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसँग पनि लिखित जवाफ माग गरेको छ । सभामुख घिमिरेले मंगलबार जवाफ बुझाइसकेका छन् भने राष्ट्रियसभाका अध्यक्ष दाहालले अझै जवाफ पठाएका छैनन् ।
यसैगरी, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पनि आयोगमा जवाफ बुझाइसकेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले भने आयोगसमक्ष उपस्थित नहुँदै लिखित जवाफ मात्र दिएका थिए ।
तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल भने आयोगमै उपस्थित भई बयान दिएका थिए ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया