एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो
काठमाडौँ । नेपाल प्रहरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत भर्ना छनोट शाखाले बिहीबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
सूचनाअनुसार निर्वाचन प्रहरी पदका लागि खुला प्रतिस्पर्धाबाट भर्ना गरिनेछ। इच्छुक उम्मेदवारले २०८२ पुस २५ गतेदेखि माघ १ गतेसम्म तोकिएका जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यकाका जिल्ला प्रहरी परिसर (काठमाडौँ, ललितपुर र भक्तपुर) मा दरखास्त दिन सक्नेछन्। दरखास्त बुझाउने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।
निर्वाचन प्रहरीमा भर्ना हुन उम्मेदवार नेपाली नागरिक हुनुका साथै सामान्य लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नभएको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्नेछ। उमेर हद दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।
शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट र तौल कम्तीमा ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ ४ फिट र तौल कम्तीमा ४२ केजी तोकिएको छ। महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने शर्तसमेत राखिएको छ।
भर्ना छनोट प्रक्रियाअन्तर्गत शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परीक्षण र आवश्यक अन्य परीक्षणहरू सञ्चालन गरिनेछ। छनोटमा नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायमा पूर्वसेवा गरेका वा सन्तोषजनक रूपमा निर्वाचन सुरक्षामा काम गरेको अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ।
निर्वाचन प्रहरीको नियुक्ति अवधि अधिकतम ४० दिन रहनेछ। सेवा सुविधाअन्तर्गत निर्वाचन प्रहरीलाई नेपाल प्रहरी जवानको प्रारम्भिक तलब स्केलअनुसार प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले अधिकतम ४० दिनका लागि ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक उपलब्ध गराइनेछ। साथै खाना खर्च, पोशाक भत्ता, तालिम खर्च र यातायात खर्चसमेत प्रदान गरिनेछ। सबै भुक्तानी सम्बन्धित व्यक्तिको बैंक खातामार्फत गरिने व्यवस्था गरिएको छ।
नेपाल प्रहरीले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापनका लागि निर्वाचन प्रहरी भर्ना गरिएको जनाएको छ। विस्तृत जानकारी सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।


ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया