कुलमानले नैतिकता देखाउँदा खरेल र गुप्ता अहिलेसम्म मौन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको गैरदलीय सरकारले बुधबार ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङको राजीनामा पाएपछि ध्यानाकर्षण बढेको छ।
घिसिङले पत्रकार सम्मेलनमार्फत नैतिकताका कारण राजीनामा दिएको बताएका छन्। उनले भने, “म राजनीतिमा सक्रिय रहन चाहन्छु, तर गैरदलीय सरकारले दलीय राजनीतिमा सक्रिय व्यक्तिलाई समेट्न उचित नहुने निष्कर्षमा पुगेपछि राजीनामा दिएको छु।”
घिसिङले पहिले प्रधानमन्त्री कार्कीलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाइसकेका थिए। राजीनामापछि उनी पूर्णकालीन रूपमा राजनीतिक गतिविधिमा सक्रिय हुने भएका छन्।
यस्तो अवस्थामा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले अहिलेसम्म राजीनामा सम्बन्धी औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। बब्लु गुप्ता रास्वपाका वरिष्ठ नेता बालेनका निकट मानिन्छन् भने खरेलको रास्वपासँग सम्बन्ध पहिल्यै देखिएको छ।
प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकमा दलीय राजनीतिमा सक्रिय हुने भए राजीनामा दिन घिसिङ, खरेल र गुप्तालाई निर्देशन दिएकी थिइन्।
खरेल र गुप्तामाथि गैरदलीय सरकारमा बसेर पार्टी राजनीतिमा संलग्न हुन नहुने जनस्तरबाट दबाब बढिरहेको छ। उनीहरूले रास्वपाबाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने चर्चा भइरहेको छ।
यसले गर्दा यी दुई मन्त्रीले कहिले राजीनामा दिन्छन् भन्ने विषय अहिले जनता र राजनीतिक विश्लेषकको चासोको केन्द्रमा छ। सरकारले आफ्नो विश्वसनीयता र गैरदलीय चरित्र जोगाउन अब कसरी निर्णय लिन्छ भन्ने कुरा महत्वपूर्ण हुने देखिन्छ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया