‘नेपाल सुनचाँदी व्यवसायी संघ’लाई योगदानको उच्च कदर
काठमाडौँ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिद्धारा नेपाल सुनचाँदी व्यवसायी संघ सम्मानीत भएको छ ।
सुनचाँदी तथा रत्नपत्थरसम्बन्धी सीप विकास तालिम पाठ्यक्रम निर्माण र मानव संसाधन विकासमा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप संघलाई सम्मान गरिएको हो । साथै, उक्त क्षेत्रमा पाठ्यक्रम निर्माणमा संयोजक तथा विज्ञका रूपमा योगदान पु¥याउने व्यक्तिहरूलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
यस क्रममा, नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रीय अध्यक्ष महेन्द्र रत्न शाक्य, महासचिव मनिष शाक्य र वरिष्ठ प्रशासक हेबेन्द्र शाक्यलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीबाट प्रशंसा पत्र प्रदान गरिएको हो ।
उक्त सम्मान तथा प्रशंसा पत्र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो । सुनचाँदी क्षेत्र अन्तर्गत श्रम बजारको मागअनुसार तयार गरिएको ट्रेडमा आधारित आधारभूत सिपमूलक तालिम, विशेष गरी सुनचाँदी गलाउने तथा खार्ने कालिगढ जस्ता प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि तयार गरिएको पाठ्यक्रम निर्माणमा संघको भूमिका महत्वपूर्ण रहेको जनाइएको छ ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को सहयोगमा हालै स्किल टेस्ट असेसर ट्रेनर का रूपमा सुनचाँदी मूल्यांकनकर्ता चार जना, नेपालकै पहिलो सुनचाँदीसम्बन्धी पाठ्यक्रम निर्माण गर्ने करिकुलम डेभलपर एक्सपर्ट दुई जना तथा प्रशिक्षक प्रशिक्षण (Training of Trainer) अन्तर्गत चार जनाले प्रमाणपत्र प्राप्त गरिसकेको संघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघले आगामी दिनमा पनि सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै सीप विकास, रोजगारी सृजना र प्राविधिक जनशक्ति उत्पादनमा थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष महेन्द्र रत्न शाक्यले सुनचाँदी तथा रत्नपत्थर बजारका लागि आवश्यक कालिगढ, विक्रेता, लेखापाल, कारखाना सञ्चालक, लगानीकर्ता तथा उपभोक्तालाई लक्षित ज्ञान, सीप र मनोवृत्ति विकास कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । साथै, नेपालको एउटा दुर्गम बेरोजगार नमूना गाउँलाई सुनचाँदी तथा रत्नपत्थरको आधार क्षेत्रका रूपमा विकास गर्ने र त्यसका लागि तालिम कार्यक्रमको शुभारम्भ हुन लागेको उनको भनाई छ ।
उक्त कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिका अध्यक्ष डा.दीपक काफ्लेको अध्यक्षता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया