Techie IT
  • बिहीबार, माघ १, २०८२ / Thursday, January 15, 2026
गृहपृष्ठमुख्य समाचारआज पनि तराई–मधेशमा कुहिरो लाग्ने

आज पनि तराई–मधेशमा कुहिरो लाग्ने


काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई–मधेशका केही भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु–कुहिरो रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी, आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने छ ।



तपाईको प्रतिक्रिया