सुनसरी–१ मा रोचक प्रतिस्पर्धाको संकेत: किराती र साम्पाङ दुवै मैदानमा
काठमाडौँ । पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराती र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच आइतबार भेटवार्ता भएको छ।
धरानको रमाइलो चोकस्थित होटल ह्वाइट डोभमा भएको भेटमा देशको वर्तमान राजनीतिक र आर्थिक संकट तथा त्यसको सम्भावित निकासका विषयमा गम्भीर छलफल भएको किरातीले जानकारी दिए।
दुवै नेताले भेटवार्ता सकारात्मक रहेको बताउँदै आगामी दिनमा पनि संवादलाई निरन्तरता दिने सहमति भएको जनाएका छन्।
भेटका क्रममा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच सहकार्यका विषयमा पनि समझदारी बनेको छ। औपचारिक गठबन्धनबारे निर्णय नभए पनि भविष्यमा राजनीतिक सहकार्यको ढोका खुला राख्ने सहमति भएको बुझिएको छ।
यसैबीच, प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर–१ बाट सुदन किरातीको नाम उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ। पार्टीको सुनसरी जिल्ला कार्यसमितिले फागुन २१ गते हुने निर्वाचनका लागि किरातीको नाम केन्द्रमा पठाइसकेको छ।
उता धरानका मेयर हर्क साम्पाङले पनि सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा उठ्ने तयारी गरिरहेका छन्। सुनसरी–१ धरान उपमहानगरपालिका समेटिएको क्षेत्र हो, जहाँ साम्पाङ हाल मेयरको जिम्मेवारीमा छन्।
२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुदन किराती तत्कालीन नेकपा (माओवादी केन्द्र) का तर्फबाट भोजपुरबाट निर्वाचित भएका थिए। माओवादी केन्द्र विभिन्न वाम दलसँग एकीकृत भई नेकपा बनेपछि जनार्दन शर्मासँगै अलग भएका किराती हाल नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध छन्।
सुनसरी–१ मा दुवै प्रभावशाली नेताको सम्भावित उम्मेदवारीले आगामी निर्वाचनलाई रोचक र प्रतिस्पर्धात्मक बनाउने संकेत देखिएको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया