बालेन शाहले माघ ४ गते पदबाट राजीनामा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यसहित उनले मेयर पदबाट अलग हुने निर्णय गरेका हुन् ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुने छ । कानुनी व्यवस्था अनुसार उम्मेदवारी दिनुअघि कार्यकारी पदमा रहेका व्यक्तिले पदबाट राजीनामा दिनुपर्ने भएकाले शाहले दुई दिनअगावै राजीनामा दिन लागेका हुन् ।
स्रोतका अनुसार माघ ४ गते उनले औपचारिक रूपमा काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिनेछन् । त्यसपछि माघ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघर पुग्ने उनको कार्यतालिका तय भएको छ । उक्त भेटघाटलाई आगामी राजनीतिक यात्राको औपचारिक सुरुवातका रूपमा हेरिएको छ ।
रास्वपाको कार्यालय पुगेपछि शाह मधेश प्रदेशतर्फ जाने तयारीमा रहेको बताइएको छ । मधेशसहित देशका विभिन्न जिल्लामा उनले राजनीतिक भेटघाट र जनसम्पर्क अभियानलाई तीव्र बनाउने उनी निकटस्थहरूले बताएका छन् । पछिल्लो समय बालेन शाहको मधेश क्षेत्रमा सक्रियता बढ्दै गएको र त्यहाँका स्थानीय नेताहरूसँग निरन्तर संवाद भइरहेको जनाइएको छ ।
मेयर शाहले रास्वपासँग सहकार्य गर्दै अघि बढ्ने र आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै निर्वाचनमा जाने विषयमा सहमति भएको स्रोतको दाबी छ । यद्यपि, यसबारे रास्वपाले औपचारिक घोषणा भने गरिसकेको छैन ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयर निर्वाचित भएका बालेन शाहले शहरी व्यवस्थापन, अवैध संरचना हटाउने अभियान, सुशासन र डिजिटल सुधारका विषयमा आक्रामक कदम चालेका थिए । उनको कार्यशैलीलाई लिएर समर्थक र आलोचक दुवै रहेका छन् ।
अब मेयर पदबाट राजीनामा दिएसँगै बालेन शाह राष्ट्रिय राजनीतिमा औपचारिक प्रवेश गर्ने तयारीमा देखिएका छन् । उनको यो निर्णयले आगामी निर्वाचनको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयलाई लिएर चासो बढेको छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया