Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठराजनीतिसानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ। बैठकमा संस्थापन पक्षका नेताहरू सहभागी छन्।

बिहान ८ बजे तय गरिएको बैठक दिउँसो सुरु भएको हो। बैठकले विशेष महाधिवेशनका आयोजक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेतामाथि कारबाही गर्ने तयारी गरेको बताइएको छ।

कांग्रेस केन्द्रीय सदस्य गुरू बरालका अनुसार, महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्ने र आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी नदिइ विश्राम लिनुपर्ने शर्त राखेका थिए। अन्य विषयमा सहमति जुट्ने संकेत देखिए पनि देउवाले नेतृत्व नछाड्ने अडान लिएपछि सहमति हुन सकेको छैन।



तपाईको प्रतिक्रिया