Techie IT
  • बिहीबार, माघ १, २०८२ / Thursday, January 15, 2026
गृहपृष्ठराजनीतिकांग्रेसमा फुटः दुई महामन्त्रीसहित तीन नेता ५ वर्षका लागि निलम्बित

कांग्रेसमा फुटः दुई महामन्त्रीसहित तीन नेता ५ वर्षका लागि निलम्बित


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनमार्फत अलग्गै नेतृत्व चयनको प्रक्रिया चलिरहँदा संस्थापन पक्षले तीनै नेतामाथि अनुशासनात्मक कारबाही गरेको हो।

पार्टीभित्र नेतृत्व र महाधिवेशनलाई लिएर जारी विवादबीच आएको यो निर्णयले नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको चरणमा पुगेको संकेत गरेको छ।



तपाईको प्रतिक्रिया