‘पार्टी फुट्न दिन्न’ भन्ने गगनकै नेतृत्वमा आज कांग्रेस तेस्रो पटक विभाजन
काठमाडौँ । “पार्टी फुट्न दिन्न, बरु विष पिउँछु” भन्ने अभिव्यक्ति दिएका महामन्त्री गगन थापाकै नेतृत्वमा नेपाली कांग्रेस आज इतिहासमै तेस्रो पटक विभाजनको अवस्थामा पुगेको छ। विशेष महाधिवेशनलाई लिएर चर्किएको विवादले अन्ततः पार्टीलाई औपचारिक फुटको संघारमा पुर्याएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेपछि विवाद निर्णायक मोडमा पुगेको छ। भृकुटीमण्डपमा समानान्तर रूपमा विशेष महाधिवेशन र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहँदा संस्थापन पक्षले कडा अनुशासनात्मक कारबाही गरेको हो।
गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै आएका थिए। उनीहरूका अनुसार नियमित महाधिवेशन समयमै हुन नसक्दा नेतृत्व परिवर्तन र संगठन सुधारका लागि विशेष महाधिवेशन आवश्यक थियो।
तर सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले उक्त कदमलाई पार्टी विधान र कार्यविधिविपरीत ठहर गरेको छ। पटक–पटकको वार्ता र सहमतिको प्रयास असफल भएपछि संस्थापन पक्ष कारबाहीको निर्णयमा पुगेको हो।
विशेष महाधिवेशन पक्षधरले भने बन्द सत्रका निर्णयलाई वैध ठहर गर्दै निर्वाचन समिति गठन गरी नेतृत्व चयनको प्रक्रिया अघि बढाएका छन्। सो क्रममा गगन थापाको सभापति पदमा उम्मेदवारी दर्ता भइसकेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, आन्तरिक लोकतन्त्र र नेतृत्व संघर्षको नाममा चर्किएको यो विवादले नेपाली कांग्रेसलाई २००९ र २०५९ सालपछिको तेस्रो ठूलो विभाजनतर्फ धकेलेको छ। एकताका पक्षमा कडा अभिव्यक्ति दिएका नेताकै नेतृत्वमा पार्टी विभाजनको अवस्थामा पुग्नु कांग्रेस इतिहासकै सबैभन्दा ठूलो विडम्बनाका रूपमा हेरिएको छ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया