‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’
काठमाडौं । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील रहेको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाडौँमा सुरु भएको एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवं साइबर सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सूचना प्रविधिमार्फत गत भदौ २३ र २४ गते भएको विद्रोहपछि आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएकाले यस निर्वाचनमा प्रविधिको प्रयोगप्रति संवेनशील रहेको बताए।
निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्ने कार्य बन्द गर्नुपर्ने कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन गरिएपछि आयोगले यसपटक राष्ट्रिय परिचयपत्र प्रणालीसँग आयोगको मतदाता नामावली संकलन गर्ने प्रणाली एकीकृत गरी सहज ढंगबाट मतदाता नामावली संकलन गर्न सफल भएको उनले बताए।
सूचना प्रविधिमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति न्यूनीकरणका लागि आयोगको सूचना प्रविधिमा कार्यरत सम्पूर्ण कर्मचारीको भूमिका महत्वपूर्ण हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए।
निर्वाचन आचारसंहिता पूर्ण पालना, प्रचारप्रसार एवं मतदाता शिक्षा जनस्तरसम्म पुर्याउन सूचना प्रविधिको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले आयोगमा कार्यरत दक्ष जनशक्तिले यसको सकारात्मक प्रयोगलाई प्रवर्द्धन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे।
आयोगले सूचनाप्रविधिको प्रयोग गर्दै मतदाता नामावली दर्ता, मतदाता नामावली व्यवस्थापन, इभेन्ट ट्रयाकिङ सिस्टम, उम्मेदवारको खर्च व्यवस्थापन प्रणाली, अब्जर्भर व्यवस्थापन, उम्मेदवारको मनोनयपत्र दर्तादेखि निर्वाचनको परिणाम घोषणासम्म कार्य गर्दै आइरहेको छ ।
यसैगरी बाह्य जिल्ला मतदाता नामावली दर्ता, प्रि इनरोलमेन्ट एवं राष्ट्रिय परिचयपत्र प्रणालीसँग आवद्धता गरेर आयोगले मतदाता नामावली संकलन गर्ने कार्यलाई सहज र पहुँचयोग्य बनाएको छ ।
आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएर विगतदेखि नै कार्य हुँदै आएको उल्लेख गर्दै प्रविधिको तीव्र विकास र गतिसँगै यसलाई अवलम्बन गर्ने कार्यमा आयोग प्रयत्नशील रहेको बताए।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सूचना प्रविधिको सकारात्मक प्रयोग बढाउँदै यसबाट हुने नकारात्मक असर घटाउनुपर्ने उल्लेख गर्दै सचिव राउतले ‘साइबर हाइजिन’का लागि यस प्रकारका तालिम फलदायी हुने बताए।
तालिममा सात प्रदेश निर्वाचन कार्यालय र ७७ जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटरको सहभागिता छ ।
ताजा अपडेट
- मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया