उज्यालो नेपाल पार्टीले १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने तयारी
काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ ।
पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि अनलाइन आवेदन खुला गरिसकेको छ । यद्यपि, आवेदन प्रक्रिया सुरु भइसके पनि केही महत्त्वपूर्ण निर्वाचन क्षेत्रमा अझै योग्य र प्रभावशाली उम्मेदवारको खोजी भइरहेको पार्टीले जनाएको छ ।
पार्टीका अनुसार संगठन विस्तार अधिकांश क्षेत्रमा सम्पन्न भए पनि केही जिल्लामा पार्टीको मापदण्डअनुसार सक्षम उम्मेदवार नपुगेकाले खोजी जारी राखिएको हो । हाल पार्टीले अध्यक्ष कुलमान घिसिङको गृह जिल्ला रामेछापसहित २४ निर्वाचन क्षेत्रमा योग्य उम्मेदवारको खोजी गरिरहेको छ ।
यसैबीच, पार्टी अध्यक्ष कुलमान घिसिङले अन्य कुनै पनि राजनीतिक दलसँग एकीकरण नगरी स्वतन्त्र रूपमा अघि बढ्ने स्पष्ट पारेका छन् । उनले भने,
“उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको छ र भविष्यमा पनि त्यसैगरी अघि बढ्नेछ ।”
पार्टीका केन्द्रीय सदस्य जीतराम लामाका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार बन्न देशभरबाट उल्लेख्य संख्यामा आवेदन प्राप्त भइरहेका छन् ।
“हामीले १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने लक्ष्यसहित आवेदन आह्वान गरेका थियौँ,” उनले भने, “धेरै क्षेत्रमा आवेदन परेका छन्, तर केही जिल्लामा पार्टीको मापदण्डअनुसार योग्य उम्मेदवारको खोजी अझै जारी छ । उम्मेदवार छनोट प्रक्रिया निरन्तर रूपमा अगाडि बढिरहेको छ ।”
प्रदेशगत रूपमा हेर्दा, कोशी प्रदेशका धनकुटा–१, मोरङ–२ र उदयपुर–२ गरी तीन निर्वाचन क्षेत्रमा उम्मेदवार खोजी भइरहेको छ । मधेस प्रदेशको महोत्तरी–१ मा पनि उपयुक्त उम्मेदवार तय हुन बाँकी छ ।
बागमती प्रदेशमा रामेछाप–१ र रसुवा–१ गरी दुई निर्वाचन क्षेत्रमा उम्मेदवारको खोजी जारी छ । गण्डकी प्रदेशका गोर्खा–२, मनाङ–१, मुस्ताङ–१, म्याग्दी–१ र बागलुङ–१ गरी पाँच क्षेत्रमा अझै उम्मेदवार चयन हुन सकेका छैनन् ।
सबैभन्दा बढी लुम्बिनी प्रदेशका आठ निर्वाचन क्षेत्रमा उम्मेदवार रिक्त रहेका छन् । पाल्पा–१ र २, गुल्मी–१ र २, प्युठान–१, रोल्पा–१ तथा दाङ–१ र २ मा पार्टीले उम्मेदवार खोजी गरिरहेको छ । कर्णाली प्रदेशको दैलेख–२ मा पनि उम्मेदवार तय हुन बाँकी रहेको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशका दार्चुला–१, बझाङ–१, बैतडी–१, डडेलधुरा–१ र अछाम–१ गरी पाँच निर्वाचन क्षेत्रमा उम्मेदवार खोजी जारी रहेको पार्टीले जनाएको छ ।
पार्टीले देशलाई नयाँ दिशा दिन सक्ने, निष्कलङ्क, विकासप्रेमी र जनउत्तरदायी व्यक्तिहरूलाई उम्मेदवारीका लागि आह्वान गरेको छ । संगठन सुदृढ भइसकेका क्षेत्रमा उम्मेदवार छनोट सहज भए पनि केही दुर्गम र रणनीतिक क्षेत्रहरूमा विशेष मिहिनेत भइरहेको केन्द्रीय सदस्य लामाले जानकारी दिए ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया