प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ। आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, र आर्थिक–सामाजिक अवस्था लगायत विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन्।
घेदुङले यही माघ ५ गते काठमाडौँमा सोनाम ल्होछारको अवसरमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिँदै प्रधानमन्त्री कार्कीलाई प्रमुख अतिथिका रूपमा उपस्थित हुन अनुरोध गरेका थिए।
घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको वास्तविक जनसंख्या ३० लाखभन्दा बढी भए पनि सरकारी जनगणनामा १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री कार्कीले मुलुक अहिले चुनावतर्फ उन्मुख रहेको र लोकतान्त्रिक निकासका लागि निर्वाचन अपरिहार्य भएको बताउँदै समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेकी छन्। उनले भनिन्, “यो चुनाव सामान्य नभई मुलुकलाई दिगो स्थिरता र निकासतर्फ लैजाने चुनाव हो। युवाको आकांक्षाअनुसार हामीले अघि बढ्नुपर्छ।”
उनले युवाको भावनाअनुसार शासन सञ्चालन हुनुपर्ने, पुरानो मानसिकता र शैलीले अब देश नचल्ने, र अबको नेतृत्व युवा र इमानदार व्यक्तित्वले हुनुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले चुनावमा अनावश्यक चलखेल र गतिविधि हुन नदिन समुदायस्तरबाटै चनाखोपन आवश्यक रहेको धारणा राखिन्। “भ्रष्टाचार अन्त्य गर्न चुनावमार्फत पहल हुनुपर्छ र मतदाताले पनि यसमा चनाखो बन्नुपर्छ। अब विगतका गलत चुनाव अभ्यासलाई निरुत्साहित गर्नुपर्छ,” उनले भनिन्।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया