Techie IT
  • शुक्रबार, साउन १, २०८३ / Friday, July 17, 2026
गृहपृष्ठसमाचारभक्तपुरमा छोराद्वारा आमाको हत्या

भक्तपुरमा छोराद्वारा आमाको हत्या


काठमाडौँ । भक्तपुरमा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन्।

मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटारमा डेरामा बस्दै आएका २७ वर्षीय प्रविण भण्डारीले ५० वर्षीया आमा सरिता भण्डारीको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले जानकारी दिए।

धनुषाको मिथिला नगरपालिका–११ स्थायी घर भएका उनीहरू भक्तपुरमा डेरामा बस्दै आएका थिए। शुक्रबार राति भएको आक्रमणमा गम्भीर घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डीएसपी जबेगुले बताए।

आमामाथि आक्रमण गरेका भण्डारीले आफूलाई पनि धारिलो हतियारले चोट पुर्‍याएको र उनी समेत घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया