बालेनको राजनीतिक कदमप्रति चासो, आजै राजीनामा दिने कि नदिने अन्योल
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आजै पदबाट राजीनामा दिने कि नदिने भन्ने विषयमा दुबिधामा देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा वरिष्ठ नेताका रूपमा प्रवेश गरेपछि उनले यसबारे आन्तरिक छलफल तीव्र बनाएका छन्।
कानुनी व्यवस्था अनुसार संघीय सांसदमा उम्मेदवारी दिन स्थानीय तहको पदबाट तत्काल राजीनामा दिनुपर्ने बाध्यकारी प्रावधान नरहेको बुझिएको छ। उम्मेदवार निर्वाचित भएमा मात्रै पद रिक्त हुने व्यवस्था रहेकाले आजै राजीनामा आवश्यक नपर्ने भएपछि मेयर शाह निर्णयमा पुग्न छलफलमा जुटेको उनको सचिवालय स्रोतले जनाएको छ।
यसैबीच मेयर बालेन शाह आज आइतबार दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय ‘घन्टीघर’ पुग्ने कार्यक्रम छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार उनलाई पार्टी केन्द्रीय कार्यालयमा औपचारिक रूपमा स्वागत गरिनेछ।
त्यसपछि रास्वपा सभापति रवि लामिछानेसहित मेयर शाह आज साँझ ५ बजे बुद्ध एयरको जहाजमार्फत जनकपुर जाने कार्यक्रम तय भएको छ। रास्वपाले भोलि जनकपुरमा आयोजना गर्न लागेको कार्यक्रममा सभापति लामिछाने र मेयर शाह प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
रास्वपाले मेयर बालेन शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको भए पनि उनले हालसम्म पार्टीको शपथ भने लिएका छैनन्।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया