Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिपोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं


काठमाडौँ ।  मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्।

निर्वाचन आयोगले प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो। विशेषगरी आयोगले साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरी आवश्यक अनुसन्धान अगाडि बढाउन भनेको थियो।

प्रसाईंले केही समयअघि सार्वजनिक गरेको भिडियोमा  कांग्रेसको विशेष महाधिवेशन पक्षले ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको दाबी गरेका थिए । सोही बिषयमा आवश्यक अनुसन्धान गर्न आयोगले उनीमाथि अनुसन्धान आवश्यक ठानेको हो।

अधिकारिहरूले बताए अनुसार प्रसाईंमाथि निर्वाचन सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता अन्तर्गत कारबाही हुनुपर्ने माग उठाइएको छ। पक्राउ पछि उनलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

 

 



तपाईको प्रतिक्रिया