बालेनको चुनावी दौड : आज इलाममा, भोलि पाथीभरा दर्शन
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियान लिएर आज बिहानै इलाम पुगेका छन्।
आज बिहान झापाबाट इलाम पुगेका बालेनले पार्टीका उम्मेदवारहरूसँग छलफल गरेका छन्। रास्वपाबाट इलाम क्षेत्र नम्बर १ मा विमल गदाल र क्षेत्र नम्बर २ मा गोकुलबहादुर राई चुनावी मैदानमा रहेका छन्। बालेनले उनीहरूसँग भेट गरी स्थानीय राजनीतिक अवस्था र चुनावी माहोलबारे जानकारी लिएका हुन्।
भेटका क्रममा बालेनले जनताको समस्या नजिकबाट बुझेर त्यसको समाधानमा केन्द्रित हुन उम्मेदवारहरूलाई सुझाव दिएका छन्। उनी बिहानैदेखि इलाममा घरदैलो तथा भेटघाट कार्यक्रममा व्यस्त छन्।
इलामको चुनावी अभियान सकेर बालेन ताप्लेजुङ जाने कार्यतालिका रहेको छ। बालेन नेतृत्वको रास्वपाको चुनावी अभियान टोली भोलि ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा दर्शन गर्न पुग्ने छन् ।
उल्लेखनीय छ, बालेन झापा क्षेत्र नम्बर ५ मा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छन्।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया