Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठसमाचारनेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह : ५४५ जना दीक्षित

नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह : ५४५ जना दीक्षित


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी विभित्र सङ्कायका उत्तीर्ण विद्यार्थीलाई आज दीक्षित गरेकी छन्।

विश्वविद्यालयद्वारा आयोजित समारोहमा कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरेकी हुन् । तीमध्ये समारोहमा एक सय ९१ को उपस्थिति थियो ।

प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरिन् । विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ ।



तपाईको प्रतिक्रिया