बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–७ बड्गाउँमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र २जनाको कोटिला स्वास्थ्यचौकीमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका वडा नं ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका वडा नं ७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७ का ४० वर्षीया पुस्पा अवस्थी रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक कुमार रायले जानकारी दिए ।
पुर्चौडी–७ भौनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको पवनदूत यातायातको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४५ जना घाइते भएका छन् ।
दुर्घटनाको जानकारी पाएपछि पुर्चौडी र ढोल्यामोडबाट नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको थियो । साथै, पाटनबाट सशस्त्र प्रहरी बलका डीएसपी शंकर धामी नेतृत्वको टोली पनि उद्धारमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब २ सय मिटर तल खसेको बताइएको छ । घाइतेहरूलाई स्कुल बसमार्फत तत्काल उद्धार गरी डडेल्धुरा अस्पताल पठाइएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका गुल्मपति डीएसपी जंगबहादुर कुँवरले जानकारी दिए । बस दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया