म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
काठमाडौँ, २७ माघः अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज यहाँस्थित बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’ को निर्माण घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासालाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले विभिन्न पेसा र व्यवसायमा अब्बल व्यक्तिको भूमिका सोही क्षेत्रमा हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो समय विधागत रुपमा अब्बल देखिएका मानिसलाई राजनीतिज्ञ हुनुपर्छ, मन्त्री हुनुपर्छ भन्ने पनि गरिन्छ, त्यो नै गलत हो । हामी जहाँ छौँ, त्यहीँ रहेर देश विकासमा योगदान दिनुपर्छ । मलाई दर्शकले कलाकारका रुपमा रुचाउनुभएको छ, त्यसैले म कलाकारिता क्षेत्रमै रमाउँछु ।” प्रत्यक्ष रुपमा आफू संलग्न नभए पनि मुलुकको राजनीतिका बारेमा हरेक नागरिकले बुझ्नुपर्ने धारणा व्यक्त गर्दै अभिनेता उप्रेतीले भन्नुभयो, “हाम्रो भविष्य एवम् देश विकासका लागि भए पनि राजनीति बुझ्न ज्ररुरी छ ।
जनताले राम्रोसँग राजनीति नबुझ्ने हो भने नीतिनिर्माण तहमा असल व्यक्तिको प्रतिनिधित्व हुन सक्दैन । निर्वाचनको मिति नजिकिँदैछ, मुलुकको समग्र विकासका सन्दर्भमा उम्मेदवारसँग प्रश्न गरी उपयुक्त व्यक्ति चयन गर्ने दायित्व सचेत मतदाताको हो ।” चलचित्र ‘कस्तुरी’ को छायाङ्कन आजदेखि काठमाडौँ उपत्यकाबाट सुरु गरिएको छ । निर्देशक ऋत बोहोराको निर्देशनमा तयार हुने उक्त चलचित्रमा अभिनेता उप्रेतीसँगै वर्षा शिवाकोटी, शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमलगायत कलाकारले अभिनय गर्नुहुनेछ
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया