आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ ।
मृत्युु हुनेमा बैतडी मेलौली नगरपालिका–६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर गए राति घर फर्किएकामा घरमै एक्कासी बेहोस हुनुभएको थियो । बेहोस भएपछि उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएकामा स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले गएराति नै मृत घोषणा गरेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको पनि ज्यान गएको थियो । खाना खान घर गएको समयमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै, माघ तेस्रो साता पनि दशरथचन्द नगरपालिका–४ घर भएका निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको भिरबाट लडेर ज्यान गएको थियो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया