जेनेभाबाट प्रधानमन्त्रीको उद्घोष: “फागुन २१ को चुनाव निष्पक्ष हुन्छ, मानव अधिकारमा सम्झौता हुन्न”
प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपाल सरकारको मुख्य प्राथमिकता मानव अधिकारलाई संस्थागत गर्नु र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पूर्ण रूपमा शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्नु रहेको बताउनुभएको छ।
सम्बोधनका क्रममा उहाँले नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय ढङ्गले टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विपद् जस्ता जटिल चुनौतीका बीच मानव अधिकारको विश्वव्यापी मान्यतालाई जोगाउनु पर्नेमा जोड दिनुभयो।
सन् २०२६ का लागि परिषद्को नेतृत्व सम्हाल्नेहरूलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले चुनावी प्रक्रियालाई सफल बनाउन सरकारले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको जानकारी गराउँदै नेपालको लोकतान्त्रिक अभ्यासप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया