प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका सीमा नाका ७२ घण्टा बन्द गरिने
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन कञ्चनपुर जिल्लासँग जोडिएका नेपाल-भारत सीमा नाकाहरू बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्मका लागि सम्पूर्ण सीमा नाकाहरू सिल गर्ने निर्णय गरिएको हो। साथै, फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य नसकिएसम्मका लागि अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, अस्पताल, कूटनीतिक नियोग आदि) र अनुमति प्राप्त सवारीसाधन बाहेकका अन्य सम्पूर्ण यातायात सञ्चालनमा समेत रोक लगाइएको छ।
निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन यस्तो व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिनुभयो।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया