काठमाडौँ, १ चैतः भारतीय रङ्गकर्मी हबिब तनवीरद्वारा लिखित नाटक चरणदास चोर मण्डला थिएटरमा मञ्चन भइरहेको छ । पुरानो बानेश्वरस्थित थिएटरमा यही फागुन २८ गतेदेखि मञ्चित नाटक चैत ११ गतेसम्म हुने छ । निर्देशक मिलन कार्कीका अनुसार नाटक युवाको रोजाइमा परेको छ । नाटकलाई रङ्गकर्मी राजन खतिवडा र आशान्त शर्माले नाटक शैलीमा रुपान्तरण गर्नुभएको हो । नाटकमा विनय पन्त, विश्व विजय विक, विनिता गिरी, अनुष्का कार्की, लक्ष्मण खत्री, जितन राई, पार्वता भुसाल, दुर्गा पौडेल, सरिता नेपाली, टेकबहादुर खाती, रिजन थिङ लामा, प्रबल जोशी, अर्मन शाही, मणिराज घले, ओजश लामा, मनिला राना मगर, सांकेनमा राई, रचना पाण्डेय, गिरिश रत्न शाक्य, योदिश न्यौपाने, भरत बुढा, सक्षम कोइराल र दसर्फराज अधिकारीको अभिनय रहेको छ । नाटक हेरे पछि बानेश्वरका विश्व रायमाझीले कलाकारको अभियनले नै आफूलाई थिएटरसम्म तानेको बताउनुभयो । “नाटक हेर्दा जीवन्त महसुस गर्छु, त्यसैले प्रायः नाटक हेर्न छुटाउदिन”, उहाँले भन्नुभयो । नाटक मञ्च निर्माण जेनी सुनुवारले गर्नुभएको छ भने, उमेश तामाङको प्रकाश संयोजन रहेको छ । त्यस्तै, नाटकमा सौरभ चालिसेको संगीत संयोजन हुनुका साथै अनुप न्यौपाने, राजन खतिवडा र आशान्त शर्माको गीत रहेको छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया