आजको मौसम पूर्वानुमान : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, २ चैत : हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ । जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन÷ चट्याङ सहित मध्यम वर्षा÷हिमपातको सम्भावना छ । कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷ चट्याङ, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राती कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷ चट्याङ सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
ताजा अपडेट
- ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने
- दुई फर्मलाई विभागको जरिवाना
- मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
- लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया