प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन
इनरुवा(सुनसरी), २ चैतः जिल्ला प्रशासन कार्यालयले इनरुवामा रहेको ग्यास पसलको अनुगमन गरेको छ । पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भनी आएको गुनासोका अधारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिनुभयो । इनरुवाको पाँचवटा पसलमा बिक्रीका लागि राखिएको सुविधा, प्रिमा, कमख्या, कोशी ग्यास भएको पसलमा अनुगमन गरेको उहाँले बताउनुभयो । इनरुवामा आवश्यकता अनुसार ग्यास भएको, ग्यासमा कालोबजारी नभएको, उपभोक्ताले आवश्यकता भएका बेलामा व्यवस्था अनुसार पाइरहेको भेटिएको उद्योग वाणिज्य सङ्घ इनरुवाका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिनुभयो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय उद्योग वाणिज्य सङ्घ, उपभोक्तासहितको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले ग्यासको उत्पादक, वितरक र डिलरलाई ग्यासको अनावश्यक मौज्दात नराख्न, पालो प्रणालीमार्फत पारदर्शी वितरण गर्न, कृत्रिम अभाव सिर्जना नगर्न, बजार मूल्यभन्दा बढी नलिन र खरिदबिक्रीको विवरण व्यवस्थित राख्न निर्देशन दिएको छ । सुनसरी प्रशासनको निर्देशन उलङ्घन गरेको खण्डमा कानुन अनुसार कारबाही हुने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले जानकारी दिनुभयो ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया