रुपन्देहीमा रु ११ लाख बढीको सामान बरामद
देवदह (रुपन्देही), २ चैतः जिल्ला प्रहरी कार्यालयले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरी टोलीले चैत १ गते अन्दाजी रु ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो । जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरिएको सामान नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो । बरामद गरिएको सामानमा पीकअपसहित केरा, मोटरसाइकलसहित किराना सामान, ब्रोइलर कुखुरा, सुर्ती, जोली रोल्स चकलेट, हरिया सिम्लामिर्च, झोला ड्रागन धूप, विभिन्न किचन सामग्री, पटका, फलफूल, विभिन्न प्रजातिको फूलका बिरुवालगायत छन् ।
ताजा अपडेट
- आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
- ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने
- दुई फर्मलाई विभागको जरिवाना
- मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया