निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता
काँक्रेविहार (सुर्खेत), २ चैत : बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गङ्गटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार आइतबार बेलुका ५ बजेतिर प्रहरीलाई सिकार खेल्न गएहरूका बेपत्ता भएको खबर प्राप्त भएको थियो । अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ भने जिल्ला प्रहरी कार्यालय बर्दियालाई जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ ।
ताजा अपडेट
- आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
- ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने
- दुई फर्मलाई विभागको जरिवाना
- मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया