वृत्तचित्र ‘द एभरेस्ट ड्रिम’ निफमा प्रदर्शन हुँदै
काठमाडौँ, २ चैतः संयुक्त अधिराज्यको स्कटल्यान्डका ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका व्यक्तिहरूको प्रेरणादायी सगरमाथा यात्रामा आधारित नयाँ वृत्तचित्र ‘द एभरेस्ट ड्रिम’ तयार भएको छ । गणेश पाण्डेको निर्देशन रहेको उक्त वृत्तचित्र यही चैत २२ गते काठमाडौँमा नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा प्रदर्शनको तयारीमा रहेको छ । त्यसपछि वृत्तचित्र विश्वका विभिन्न अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने उहाँले बताउनुभयो । निर्देशक पाण्डेका अनुसार करिब डेढ वर्षको मेहनतपछि तयार भएको यो वृत्तचित्रमा गम्भीर दुर्घटनापछि जीवनसँग सङ्घर्ष गरिरहेका केही व्यक्तिले देखेको असाधारण सपनाको कथा समेटिएको छ । यसअघि उहाँको भूकम्पसम्बन्धी वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले विभिन्न अन्तरराष्ट्रिय पुरस्कार जितेको थियो । उक्त वृत्तचित्र विश्वभरका विभिन्न देशमा प्रदर्शन भएको थियो । निर्देशक पाण्डेले तयार गरेको बहुपति प्रथामाथि आधारित वृत्तचित्र ‘को–हजबेण्ड’ले विभिन्न फिल्म अवार्ड जित्नुका साथै ४० भन्दा बढी फिल्म महोत्सवमा प्रदर्शन गरिएको थियो ।
ताजा अपडेट
- आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
- ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने
- दुई फर्मलाई विभागको जरिवाना
- मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया