महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
महेन्द्रनगर (कञ्चनपुर), २ चैत : नेपाल–भारत सीमा नदी महाकालीमा साहसिक जलयात्रा व्यवसायिक रूपमा सञ्चालनमा आएको छ । पानी सप्ताहको अवसर पारेर विभिन्न सरोकारवाला निकायको पहलमा र्याफ्टिङको व्यावसायिक सुरुआत गरिएको हो । सन् २०२१ मा सफल परीक्षण गरिएको महाकाली नदीमा आजदेखि औपचारिक रूपमा -याफटिङ सञ्चालन सुरु गरिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीस्थित साइलेट रिभर क्षेत्रबाट -याफटिङ सञ्चालनमा ल्याइएको हो । गैरसरकारी संस्था निड्स नेपालको अगुवाइमा जिल्लास्थित विभिन्न संस्था तथा निजी क्षेत्रसँगको सहकार्यमा प्याकेजमार्फत -याफटिङ सेवा उपलब्ध गराइने जनाइएको छ । निड्स नेपाल, होटल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायीहरूको सहकार्यमा -याफटिङ सञ्चालन हुने बताइएको छ । हाल अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुईवटा -याफटिङ बोट सञ्चालनमा ल्याइएका छन् । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले लामो अध्ययनपछि महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार सन् २०१७ मा महाकाली नदीको बहुउपयोग परियोजनाअन्तर्गत -याफटिङको सम्भाव्यता अध्ययन सुरु गरिएको थियो । जसमा अक्सफामलगायततका विभिन्न साझेदार संस्थाहरूको पनि सहभागिता रहेको थियो । उक्त अध्ययनअनुसार नेपालतर्फ डडेल्धुराको परशुराम नगरपालिका क्षेत्रबाट करिब १४ किलोमिटर र मसेट्टीदेखि खल्लासम्म आठ किलोमिटर दूरीमा साहसिक जलयात्रा सञ्चालन गर्न सकिने देखिएको थियो । भारततर्फ भने दुईवटा कम्पनीले सन् २०१५ देखि नै नियमित रूपमा -याफटिङ सञ्चालन गर्दै आएका छन् । -याफटिङ सञ्चालनका लागि स्थानीय र्याफ्टिङ चालक किशन भट्टलाई जिम्मेवारी दिइएको छ । पाँचदेखि १० जनासम्मको समूहले प्याकेज खरिद गरी -याफटिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ । कञ्चनपुर होटल व्यवसायी सङ्घका अध्यक्ष रामचन्द्र रेग्मीले निजी क्षेत्र -याफटिङ सञ्चालन र पर्यटन प्रवर्द्धनका लागि तयार रहेको बताउनुभयो । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीजका निवर्तमान अध्यक्ष शिव अधिकारीले महाकाली नदीमा -याफटिङको राम्रो सम्भावना रहेको बताउनुभयो । करिब २५ वर्षदेखि नेपालका ठूला नदीमा -याफटिङ व्यवसाय सञ्चालन गरिरहनुभएका उहाँले कम जोखिम र सहज जलयात्रा रुचाउने पर्यटकका लागि महाकाली उपयुक्त नदी रहेको बताउनुभयो । नेपाल पर्यटन बोर्डले पनि -याफटिङ पर्यटनको प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले -याफटिङ प्रवर्द्धन तथा आवश्यक पूर्वाधार निर्माणमा पालिकाले प्राथमिकता दिने बताउनुभयो । त्यस्तै दोधराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले पनि -याफटिङको विकास तथा प्रचारप्रसारका लागि पालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो । —
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया