स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बाजुरा, २ चैतः यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजको कुटाइबाट स्थानीय ३५ वर्षीय सर्वाश बुढाको मृत्यु भएको अस्थायी प्रहरी चौकी मुक्तिकोटका प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीले जानकारी दिनुभयो । उहाँकाअनुसार महतरा र बुढाबीच पुरानै विवाद थियो । आज साँझ ६ः०० बजेतिर झगडा सुरु भएको र झगडामा कुटाकुट हुँदा महतराका बाबुछोराले ढुङ्गाले टाउकोमा हान्दा बुढाको घटनास्थलमै मृत्यु भएको हो । बेलुकी ६ः३० बजे बुढालाई ढुङ्गाले हानेर मृत्यु भएको र घटना घटेको एक घण्टापछि अर्थात् ७ः३० बजे अस्थायी प्रहरी चौकी मुक्तिकोटमा जानकारी प्राप्त भएको प्रहरी सहायक निरीक्षक धामीले बताउनुभयो । खबरपछि प्रहरी सहायक निरीक्षकको टोली पुगेर पीडक धनबहादुर महतरालाई नियन्त्रणमा लिएको र उनका छोरा हेमराज भने फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइहरको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
- आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
- ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने
- दुई फर्मलाई विभागको जरिवाना
- मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया