काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा
काठमाडौँ, २ चैत : मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ । हुरीबतासका कारण ललितपुरको भैँसेपाटीमा रुख ढलेर अवरुद्ध भएको बाटो खुलाइएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो । आजै हुरीले सातदोबाटोस्थित सेल्सबेरीको बोर्ड नै ढालेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा मानवीय क्षति भने भएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा आज काठमाडौँमा ९.२, ललितपुरमा सात र भक्तपुरमा ३.४ मिलीमिटर वर्षा भएको छ । यस्तै आज सबैभन्दा बढी वर्षा धनकुटामा ३६.२ मिलीमिटर वर्षा भएको छ । पाल्पामा २४.८ र गुल्मीमा ९.२, तनहुँमा १० मिलीमिटर वर्षा भएको छ । सुदूरपश्चिम र कर्णालीमा आज छिटफुट वर्षा भएको छ भने अन्य प्रदेशका धेरै जिल्लामा वर्षा भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले विस्तारै मौसम सुधारको क्रममा रहेको जानकारी दिँदै भोलि पनि ठाउँठाउँमा बदली रहेको बताउनुभयो । विभागका अनुसार आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै भोलि मङ्गलबार देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थान र बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । —
ताजा अपडेट
- आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
- ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने
- दुई फर्मलाई विभागको जरिवाना
- मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया