सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
कर्णाली, २ चैत ः सिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्जतर्फ हिँडेका सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका पाँच र लेकबेँसी नगरपालिका–८ गङ्गटेका एक गरी छ व्यक्ति नौ दिनदेखि सम्पर्कविहीन भएका छन् । सिकार खेल्न जानेहरूमा ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती र गङ्गटेमा घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यही फागुन २३ गते सिकार खेल्न भनी घरदेखि १७ किलोमिटर दक्षिणमा पर्ने निकुञ्जतर्फ गएको र सँगै गएकामध्ये टोपबहादुर खत्रीको मृत्यु भएको मृतकका भिनाजु आसे महताराले जानकारी दिनुभएको छ । महताराले प्रहरी चौकी रानीघाट सुर्खेतमा आज बिहान सम्पर्कविहीन व्यक्तिबारे जानकारी दिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताउनुभयो । जानकारी प्राप्त भएसँगै सत्यतथ्य बुझ्नका लागि प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरी नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेर खोजतलास गरिरहेको उहाँले जानकारी दिनुभयो । खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ । —
ताजा अपडेट
- आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
- ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने
- दुई फर्मलाई विभागको जरिवाना
- मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया